Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक “बैकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट” (Excellence in Banking Innovation and Customer Delight) विधा अन्तर्गत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

डिसेम्बर ०७, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बीच India Business Awards 2025 कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तराष्ट्रिय अवार्ड प्रदान गरेको हो । महालक्ष्मी विकास बैंकको तर्फबाट यस बैंकका वरिष्ठ अधिकृतहरुले उक्त सम्मान ग्रहण गरेका थिए । बैंकले बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैकिङ्ग सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिआ उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड बैंकले प्राप्त गर्न सफल भएको हो ।

दुई देशबीच सीमा–पार (Cross Border)  वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्यहरु गर्दै आएको यस महालक्ष्मी विकास बैंकलाई यस अवार्डको प्राप्तसँगै थप सहज हुने तथा नेपाल र भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । नेपाल र भारत बीच सीमा पार भुक्तानीमा आवद्ध भएसँगै यस अवार्डको प्राप्ती बैंकको लागि थप महत्वपूर्ण सावित हुने विश्वास समेत बैंकले लिएको छ ।

हालै मात्र बैंक इन्डियन चेम्बर अफ कमर्स (ICC), भारतको प्रतिष्ठित अवार्डबाट समेत सम्मानित भएको थियो जसले अन्तराष्ट्रिय स्तरमा बैंकको उपस्थिति दर्शाउन तथा ख्याति अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको थियो ।

Health Tips Ad Road Block