काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३५८५ रुपैयाँमा कारोबार भइरहेको छ ।






















