नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेले लुम्बिनी स्थित होटल लुम्बिनी हेरिटेजमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी लुम्बिनी प्रदेशबााट योग्य भएका ३४० जना अभिकर्ताहरु र विभागीय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरिनुका साथै सो प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।
यसैगरी सो अवसरमा नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले सिईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम गरिँदै आएको र हाल सम्म गण्डकी प्रदेश कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका अभिकर्ताहरुको सम्मान कार्यक्रम सम्पन्न भईसकेको र सोही क्रममा लुम्बिनी प्रदेशबाट छनौट भएका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए । उनले बाँकी प्रदेशहरुमा पनिे पनि सिइओ क्लब सम्मान कार्यक्रमको तयारी भईसकेकोले सो प्रदेशहरुमा पनि अब छिट्टै नै कार्यक्रम सम्पन्न हुने जानकारी गराउनु भयो साथै वहाँले कम्पनीले ल्याएको सिइओ क्लब कार्यक्रममा नेपाल भरबाट १६०० जना जना भन्दा बढि अभिकर्ताहरु छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाहरु बाट अभिकर्ताहरुलाई व्यवसायिक बनाउन मद्धत पुग्ने बताए ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले तालिम प्रदान गरेका थिए । तालिमका क्रममा प्रशिक्षक झाले बीमा अभिकर्ता पेशा केवल व्यवसाय संग जोडिएको नभै सेवा भावसंग जोडिएको एक पवित्र पेशा भएको र यस पेशामा जोडिनु हरेक अभिकर्ताका लागि एक अवसर भएको हुँदा यस पेशामा लाग्ने व्यक्तिले सफलता हासिल गर्ने मूख्य आधार नै काम प्रतीको इमान्दारिता र निरन्तरता रहेको बताए ।
समारोहमा सहभागी अभिकर्ताहरुले चर्चित अन्तर्राष्ट्रिय तालिम प्रशिक्षकबाट तालिम प्राप्त गर्दा यस पेशामा थप उर्जा मिलेको र आफ्नो मेहनतको कदर गर्दै प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा अत्यन्तै गर्व महशुस भएको बताएका थिए ।






















