Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल इन्स्योरेन्स कम्पनीद्धारा आयोजित फुटसल प्रतियोगितामा नेको इन्स्योरेन्स प्रथम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडद्धारा सामाखुसी फुटसलमा आयोजना गरिएको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न सो प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु, पुनर्बीमा कम्पनीहरु तथा सर्भेयरहरु सहित २५ संस्थाहरुबाट २८ टिमको सहभागिता रहेको थियो ।

उक्त प्रतिगितामा प्रथम हुने नेको इन्स्योरेन्स लिमिटेड, द्धितीय हुने नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र तेस्रो हुने हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका खेलाडीहरुलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले प्रमाण पत्र, पदक तथा शिल्ड प्रदान गरेका थिए । उक्त प्रतियोगितामा बेष्ट गोलकिपर नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका रोमन सिंह, बेष्ट डिफेन्डर हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका सुनिल थापा, हाइयेष्ट स्कोरर हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेडका दिनेश कुमार सिंह र बेष्ट प्लेयर अफ दी टुर्नामेन्ट नेको इन्स्योरेन्स लिमिटेडका युकेश तामाङ्गलाई ट्रफि प्रदान गरिएको थियो । साथै अनुशासित, मर्यादित र निष्पक्ष खेल खेलाए वापत रेफ्रिहरु र उक्त प्रतियोगिताका लागि ग्राउण्ड उपलब्ध गराउने सामाखुशी फुटसलका राजु महर्जनलाई कम्पनीका संचालक समितिका अध्यक्ष चन्द्र सिंह साउदले मायाको चिनो प्रदान गरेका थिए ।

प्रतियोगिता कम्पनीको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

Health Tips Ad Road Block