Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर ईभी सर्भिस एण्ड एक्स्चेञ्ज क्याम्प’ घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले विद्युतीय सवारी साधन (ईभी) प्रयोगकर्ताहरूलाई लक्षित गर्दै ‘विन्टर ईभी सर्भिस एण्ड एक्स्चेञ्ज क्याम्प’ कार्यक्रम सार्वजनिक गरेको छ। जाडो मौसममा ईभीको प्रदर्शन र सुरक्षालाई थप सुदृढ बनाउन विशेष रूपमा आयोजना गरिएको यो सर्भिस क्याम्प डिसेम्बर ७ देखि १०, २०२५ सम्म सञ्चालन हुने कम्पनीले जनाएकाे छ।

कम्पनीले दिएको जानकारी अनुसार यस सर्भिस क्याम्पमा सहभागी हुने ईभी ग्राहकहरूले व्यापक निःशुल्क सेवाहरू प्राप्त गर्नेछन्। जसमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वाशिङ, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेकको निःशुल्क जाँच र एक पूर्ण १० प्वाइन्ट चेकअप सेवा समावेश छन्। यसका अतिरिक्त, जाडोको तयारीका लागि आवश्यक पर्ने स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १८ प्रतिशतसम्म छुट प्रदान गरिने भएकाले सर्भिसिङ प्रक्रियालाई थप किफायती र सहज बनाउने कम्पनीले जनाएको छ।

यस सर्भिस क्याम्पमा नियमित ईभी सर्भिसिङको सुविधासँगै ईभी एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइने कम्पनीकाे भनाइ छ। कम्पनीको दाबी छ कि यस सुविधाले नयाँ टाटा ईभी खरिद गर्न चाहने ग्राहकहरूलाई थप विकल्प र लाभ प्रदान गर्नेछ। सिप्रदीले यस पहलमार्फत ग्राहकलाई हिउँदभरि सुरक्षित, भरपर्दो र सहज ईभी अनुभव दिलाउने लक्ष्य लिएको स्पष्ट पारेको छ।

सिप्रदी ट्रेडिङले विद्युतीय गतिशीलताको वृद्धि र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिक चासोमा राख्दै, आगामी दिनहरूमा पनि यस्ता उपयोगी, प्रभावकारी र ग्राहकमैत्री अभियानहरू निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीका अनुसार यो क्याम्प नियमित सर्भिस मात्र नभई जाडो मौसमलाई आत्मविश्वासका साथ पार गर्ने सबै ईभी ग्राहकहरूका लागि एक महत्वपूर्ण सहायता अभियान हुने अपेक्षा गरिएको छ।

Health Tips Ad Road Block