Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

फेरि रेकर्डको विन्दुतिर अगाडि बढ्यो सुनको मूल्य, कति पर्छ आज ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुनको मूल्य बढ्नेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । आज मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ ।

मूल्य बढेर सुन प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विस्तारै यसअघि कायम भएको २ लाख ५८ हजारको रेकर्डको विन्दुतिर सुनको मूल्य अगाडि बढेको हो ।

गत असोज ३१ गते शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च अंक २ लाख ५८ हजारमा पुगेको थियो ।

आज चाँदी प्रतितोला ३६५५ रुपैयाँमा पुगेको छ । मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ११० रुपैयाँले बढेको हो ।

Health Tips Ad Road Block