Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सेजनको २९ औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट आर्थिक पत्रकारलाई विभिन्न अवार्ड तथा पुरस्कार प्रदान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ  । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले स्थापनाको २९औँ वार्षिकोत्सवका अवसरमा विभिन्न अवार्ड र पुरस्कार वितरण गरेको छ । सोमबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सेजनले विभिन्न विधातर्फ सेजन अवार्ड र पुरस्कार वितरण गरेको हो ।

सेजनका अनुसार एक लाख रुपैयाँ राशिको सेजन अवार्ड दुई जना पत्रकारलाई प्रदान गरिएको छ । नयाँ पत्रिका दैनिकका पवन तिमल्सिनालाई ‘पूर्वविशिष्टहरुको सेवा बढाएर तयार गरिएको विधेयक’ र त्यसको फलोअप समाचारलाई प्रदान गरियो भने अनलाइन खबर डटकम भुवन पौडेललाई ‘दीपेन्द्र अग्रवालको कारोबार आफूले बेचेको शेयर आफैं किन्ने, महंगोमा जनता फसाउने’ शीर्षकको समाचारलाई प्रदान गरिएको सेजन अवार्ड तथा पुरस्कार छनोट समितिका संयोजक तथा सेजनका पूर्वअध्यक्ष डा. गोपाल तिवारीले घोषणा गरे ।

त्यसैगरी ५० हजार रुपैयाँ राशिको सेजन छापामाध्यमतर्फको अवार्ड कान्तिपुर दैनिकका विमल खतिवडालाई प्रदान गरिएको छ । खतिवडालाई ‘टुक्रे आयोजनामा बजेट विनियोजनसम्बन्धी शीर्षकको समाचारलाई उक्त अवार्ड प्रदान गरिएको सेजनले जनाएको छ ।

साथै ५० हजार रुपैयाँ राशिको सेजन डिजिटलमाध्यमतर्फको अवार्ड बिजमाण्डू डटकमका सुनिल कुँवरलाई प्रदान गरिएको छ । उनलाई ‘आइपीओका नाममा प्रिमियम पैसा उठाएर कर छली’ शीर्षक र सोसम्बन्धी समाचारका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

साथै एक लाख रुपैयाँ राशिको डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड दुई पत्रकारलाई प्रदान गरिएको छ । सेजनका अनुसार उक्त अन्नपूर्ण डटकमका सुनिता कार्कीलाई ‘एकीकृत  फोहरमैला व्यवस्थापन परियोजना १४ वषदेखि अलपत्र’ शीर्षकको समाचारका लागि र नेपालन्यूज डटकमका उद्धव थापालाई मुअब्जाको पासोमा ठूला परियोजना शीर्षकको समाचारका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।

वार्षिकोत्सवको अवसरमा सेजनका पूर्वउपाध्यक्ष स्व. सञ्जय न्यौपानेको स्मृतिमा स्थापना गरिएको एक लाख रुपैयाँ राशिको स्व. सञ्जय न्यौपाने लेखनवृत्ति, २०८२ गोरखापत्र दैनिकका भेषराज बेल्वासेलाई प्रदान गरिएको छ । उgलाई ‘महाभूकम्प, कोभिड–१९, बाढी र जेनजी आन्दोलनले लघु, घरेलु तथा साना उद्योग व्यवसायमा परेको प्रभाव शीर्षकको अनुसन्धान प्रस्ताव उत्कृष्ट ठहरिएकाले छनोट गरिएको पूर्वअध्यक्ष डा. तिवारीले घोषणा गरे ।

अवार्ड तथा पुरस्कार छनोट निर्णायक समितिका संयोजक तथा सेजनका पूर्वअध्यक्ष डा. गोपाल तिवारीले सबै अवार्ड विजेता र लेखनवृत्ति प्राप्त गर्ने सबैको नाम औपचारिक रूपमा घोषणा गरेका थिए ।

समारोहका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले अवार्ड विजेता पत्रकारहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गरेका थिए ।

सो अवसरमा सेजनका पूर्वकार्यसमिति सदस्य स्व. सागर घिमिरेको स्मृतिमा आयोजना गरिएको स्व. सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई पनि पुरस्कार प्रदान गरिएको छ ।

फूटसल प्रतियोगिताका विजेता पुरुष र महिला विजेता टोलीलाई जनही १५ हजार रुपैयाँ, पदक र ट्रफी प्रदान गरियो भने पुरुषतर्फको उपविजेता टोलीलाई १० हजार रुपैयाँ, पदक र ट्रफी प्रदान गरियो । साथै प्रतियोगिताका उत्कृष्ट गोलकर्ता उजिर कार्कीलाई दुई हजार ५०० रुपैयाँ र गोल्डेनबुट प्रदान गरियो भने उत्कृष्ट गोलरक्षक केदारप्रसाद दाहाललाई गोल्डेन ह्यान्ड प्रदान गरियो । फूटसल प्रतियोगितामा पुरुषतर्फ ६ टोली र महिलातर्फ २ टोलीको सहभागिता थियो ।

Health Tips Ad Road Block