काठमाडौं । आज फेरि सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ । आइतबार बढेको मूल्य आज निरन्तर बढेको हो ।
मूल्य बढेर सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला ३५३५ मा पुगेको छ ।






















