ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

बेला बेलामा लाग्ने खोकी र खोकी लाग्दा खाने खाना एवं अपनाउनुपर्ने घरेलु उपाय

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाठौं । खोकी भनेको कुनै अर्काे रोग होइन । यो कुनै रोगको लक्षण हो । सर्दी, निमोनिया, दम, चिसो, टी.वी. लगायत फोक्सोको बिरामी भएमा पनि खोकी लाग्न सक्दछ ।

खोकीले प्रायः गरेर बच्चादेखि वृद्धवृद्धाहरु सबैलाई सताउने गर्दछ । यो एक सामान्य रोगजस्तै सबैलाई लाग्दछ । तर हेलचेक्र्याँई गरिएमा जटिल अवस्था ननिम्तेला भन्न सकिन्न । त्यसैले आफ्नो स्वास्थ्यको बारेमा बेलैमा ध्यान दिनुपर्दछ ।

विशेषत खोकी लागेको बेलामा हामीले घरायासी हिसाबले के–कस्ता खाना खाने र कसरी बच्ने भन्नेमा ध्यान दिनुपर्दछ ।

खोकी लागेको बेलामा कस्तो खाना खाने ?

१. दिनमा २–३ लिटर जति मनतातो पानी खाने ।

२. अदुवा, दालचिनी, ल्वाड, मिश्री, सुकुमेल चुसेर बस्ने ।

३. तिर्खा लाग्दा तातो पानी खाने चिसो पानी चाहीँ नखाने ।

४. बाख्राको दुध, चिया, कफी, तातो पानीमा ग्लुकोज मिसाएर पिउने ।

५. फलफूलमा खकार सजिलै बाहिर ल्याउने जस्तै सुन्तला, मौसम, मेवा, खरबुजा जस्ता फलफूल खाने ।

खोकी लाग्दा अपनाउनुपर्ने उपायहरुः

१. धुम्रपान गर्ने बानी छ भने यसलाई छोडिहाल्नुपर्दछ ।

२. गर्मी ठाउँबाट जाडो र जाडो ठाउँबाट गर्मीमा एकैपटक प्रवेश नगर्ने ।

३. झ्याल ढोका बन्द गरेर हिटर चलाएर नसुत्ने ।

४. शरीरलाई चिसो पानीबाट भिज्न जोगाउने ।

५. नुहाउँदा प्रायःजसो तातो पानीले नुहाउने ।

६. पातलो कपडा लगाएर धेरै चिसो ठाउँमा नजाने ।

७. फ्रिजको चिसो पानी नखाने ।

८. चिसो खानेकुरा जस्तै बरफ, आइसक्रिम आदि नखाने ।

९. धुलोमा नजाने यदि धुलो उडेको स्थानबाट आवतजावत गर्न परेमा मुख र नाकलाई छोप्नेगरी माक्स लगाउने ।

१०. तेलमा तारेका खानेकुरा र जंक फुड (पास्ता, चिम्स, कुरकुरे, प्याक गरिएका स्नयाक्स लगायत) नखाने ।

खोकी रोक्नका लागि मनतातो पानीमा नुन राखेर कुल्ला गर्ने, घाँटी सुख्खा गराउन नदिन बेला बेलामा मह खाने, अदुवा राखेको चिया पिउने, कागती राखेको पानी पिउने लगायत उपाय अपनाउन सकिन्छ । कतिपय अनुसन्त्रानले एक वर्षभन्दा कम उमेरका बालबच्चाहरुलाई मह दिनु उचित नहुने पनि बताएको छ ।

(हामीले यो सामाग्री हाम्रो घरको डाक्टरबाट लिएका हौं)

Health Tips Ad Road Block