skip this News Page Tips Ad Road Block

जेन जी आन्दोलनले थलिएकाे अर्थतन्त्र र निराशामा निजी क्षेत्र

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। कोरोना महामारिपछी विस्तारै तङ्ग्रिन थालेको नेपालको अर्थतन्त्र गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले फेरि नराम्रोसँग थला पारेको छ। जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा निजी क्षेत्र निशानामा परेपछी ठुलो क्षति बेहोर्दा खस्किएको उद्योगी व्यवसायीको मनोबल अझै पनि उकासिन नसक्दा देशकै अर्थतन्त्र लयमा फर्किन नसकेको हो।

अर्कातिर जेनजी आन्दोलनपछि लगानीकर्तामा बढेको त्रासले नयाँ लगानीको वातावरण बन्न नसक्दा त्यसको गम्भीर असर बैंकिङ क्षेत्रमा पनि परेको छ। कर्जा विस्तार न्यून हुँदा बैंकिङ क्षेत्रमा अहिले ११ खर्ब बढी रुपैयाँ लगानीयोग्य रकम थुप्रिको छ।

आन्दोलनका क्रममामा सरकारी संरचना मात्र नभएर व्यक्तिले सञ्चालन गरेका होटल, उद्योगधन्दा, व्यवसाय र घरमा पनि आक्रमण भएको थियो। जेनजी आन्दोलनपछि लगानीकर्ताले असुरक्षित महसुस गरेका छन्। लगानीकर्ताले सुरक्षित महसुस गर्न नसक्दा पुँजी पलायनको जोखिमसमेत बढेको छ।

विश्व बैंकले समेत चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ। यसअघि आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने अनुमान गरिएको थियो। यसले समग्र मुलुकको अर्थतन्त्रमा असर मात्रै नभएर सिँगो देशकै आर्थिक क्षेत्र गम्भिर सकसमा पारेको छ।

यसैलाई लिएर नीजि क्षेत्रका उद्योगी व्यवसायीहरुले सरकारलाई पटकपटक जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीमा संलग्नलाई कारबाही गर्न र नयाँ लगानीको वातावरण निर्माण गर्न नीतिगत तथा कानुनी अड्चन फुकाईदिन सरकारसमक्ष पटकपटक आग्रह गर्दै आएका छन्। तर आश्वासन दिएपनि सरकारले अहिलेसम्म वातावरण बनाउन नसकेको व्यवसायीको गुनासो छ।

उद्योग वाणीज्य संघ नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा नयाँ लगानीको वातावरण बनाउन र विदेशी लगानी भित्राउन सरकारले कानुनी अड्चन फुकाउनुपर्नेमा जोड दिँदै लगानीकर्ता तथा उद्योगी व्यवसायीको खस्किएको मनोबल नउकासेसम्म देशको अर्थतन्त्र पनि चलायमान हुन नसक्ने तर्क गरे।

तर सरकारले भने निजी क्षेत्रको मनोबल उकास्दै खस्किएको मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागी जुनसुकै उपाय अवलम्बन गर्न पनि तयार रहेकोले छिट्टै नतिजा देखिने दाबी पनि गर्दै आएको छ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले केही दिनमै अनुभुत हुनेगरी देशको आर्थीक सुधार हुने जिकिर गर्दै नयाँ लगानीको वाताबरण र खस्किएको व्यवसायीको मनोबल उकासिने गरी नतिजा देखिने बताए।

त्यसका लागि सरकारले अहिले दिनरात तथा सार्वजनिक बिदा केही नभनि निरन्तर खटेर काम गरिरहेको बताउँदै उनले निर्वाचन आचारसंहिता सुरु भएपछी केही ठुला नीतिगत निपर्णय गर्न नसककिने भएकोले त्यसपूर्व नै नतिजा दिनेगरी काम गरिने बताए ।

आन्दोलनका क्रममा निशानामा परेका निजी क्षेत्रका उद्योगी व्यसायीको मनोबल उकास्नतर्फ सरकारले प्रयाप्त चासो पुराउन नसकेकोेले देशको अर्थतन्त्र सकसकै रहेको विज्ञहरुको टिप्पणी छ। अर्थविद् डा.दिपेन्द्रबहादुर क्षेत्रीले देशमा खस्किएको अर्थतन्त्र चलायमान बनाउन सरकारले लगानीको वातावरण बनाउनुपर्ने र आन्दोलनका क्रममा आगजनी तथा तोडफोडले मनोबल खस्किएका व्यवसायीको मनोबल उकास्नुपर्नेमा त्यसो गर्न नसकेको टिप्पणी गरे।

डिपोजिट र राजस्व संकलन बढिरहेको समयमा लगानीको वातावरण उचित नहुँदा बैंकमा लगानीयोग्य रकम थुप्रिँदै गएकोले निक्षेप संकलन र लगानीको बिचमा ठुलो खाडल परेको अर्थविद् क्षेत्रीको आँकलन छ।

आर्थीक गतिविधी चलायमान हुन नसक्दा थला परेको अर्थतन्त्र लयमा ल्याउन सरकार र केन्द्रिय बैंकले ठुला लगानीमात्रै हेर्न नहुनेमा जोड दिँदै अर्थविद् क्षेत्रीले साना उद्योग व्यवसायलाई प्रोत्साहन गरेर अगाडी बढे विस्तारै अर्थतन्त्र तङ्ग्रीने बताए। अन्यथा ठुलो र महत्वाकाँक्षीको पछाडी लागेको खण्डमा देश थप ठुलो आर्थीक भड्खालोमा पर्ने उनको जिकिर छ।

कोभिड महामारीले नराम्रोसँग थलिएको नेपालको अर्थतन्त्र विस्तारै तङ्ग्रीन थालेको समयमा भएको जेनजी आन्दोलनले फेरी घुँडा टेकाएको छ। जेनजी आन्दोलनको निशानामा परेको निजि क्षेत्रले आगजनी, तोडफोड र लुटपाटबाट ठुलो क्षति बेहारेपछी खस्किएको मनोबल उकास्ने गरी सरकारले नीति अवलम्बन गर्न नसक्दा अझै पनि नयाँ लगानीको वातावरण बन्न सकेको छैन ।

जसले गर्दा देशको अर्थतन्त्र संकटमा पर्ने मात्रै नभएर सुरक्षा अभावमा उद्योगधन्दा धराशयी हुने र पुँजी पलायनको जोखिमसमेत व्याप्त छ। तसर्थ सरकारले देशभित्र लगानीका लागी विश्वास र सुरक्षाको उचित वातावरण निर्माण गरी बैंकमा थुप्रीएको लगानीयोग्य रकमलाई चलायमान बनाउँदै थला परेको मुलुकको अर्थतन्त्र लयमा ल्याउने उपाय अवलम्बन गर्न जरुरी छ।

Health Tips Ad Road Block