ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सहरी विकास मन्त्रालयकाे ६१ अर्ब बजेट राेक्का, दुई हजार एक सय ४० वटा कार्यक्रम प्रभावित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल शहरी विकास मन्त्रालयको ६१ अर्ब ७६ करोड रुपैयाँ रकम रोक्का रहेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उहाँले मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयले रकम रोक्का भएको जानकारी दिनुभएको हो ।

सचिव सग्देलले मन्त्रालयमा कुल विनियोजित रकमको ९१ अर्ब ३४ करोड रुपैयाँमध्ये हालसम्म ३ अर्व २२ करोड रुपैयाँ मात्रै खर्च भएको बताउनुभयो । उहाँले मन्त्रालयको ठूलो रकम रोक्का रहेकोले मन्त्रालयका योजना निर्माण समस्या भएको बताउनुभयो । उहाँका अनुसार २ हजार एक सय ४० वटा कार्यक्रम रोक्का रहेको छन् ।

असोज ५ अगावै बाेलपत्र आह्वान भएको करिव चार सय ४० वटा बोलपत्र पनि हाल रोक्का रहेको उहाँले जानकारी दिनुभयो । रोक्का रहेका योजनाको लागि फुकुवा गर्न अर्थमन्त्रालयमा आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भदौ २३ र २४ गतेको आन्दोलनका कारण देशभरका सर्वाजानिक तथा निजी क्षेत्रका २ हजार २ सय घर संरचनाहरु नष्ट भएको पनि जानकारी दिनुभयो । तीमध्ये १ हजार २ सयको हाराहारीमा सरकारी संरचनाहरु रहेका छन् ।

क्षतिग्रस्त करिव ६ सयवटा भवनहरु संघीय सरकारको जिम्मा रहेका र तीमध्ये करिव २५० भवन डिटेल ईन्जिनियरिङ एसेसमेन्ट गरेर निर्माणमा लैजानुपर्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । हाल २०० भवनमा अध्ययन प्रक्रिया अगाडी बढाएको उहाँको भनाई छ । दुई महिनाभित्र डिजाईन र लागत अनुमानसहितको परामर्शदाताबाट रिपोर्ट प्राप्त हुने र त्यसपश्चात पुनर्निर्माणको प्रक्रिया थाल्ने उहाँले जानकारी दिनुभयो ।

उहाँले पहिलो चरणको कीर्तिपुरको क्रिकेट स्डेडियममा फ्लडलाईट र १० हजार दर्शक क्षमताको प्याराफिट निर्माणको काम सकिएको पनि जानकारी दिनुभयो । दोस्रो चरणको कामको लागी गुरुयोजना अनुरुप सम्पूर्ण काम गर्नको बहुबर्षिय ठेक्का गर्नेगरी अर्थमन्त्रालयमा सहमति माग्ने क्रममा रहेको उहाँका भनाई छ । उहाँले संघीय संसद निर्माणको काम ८७ प्रतिशत सकिएको पनि जानकारी दिनुभयो । १२ वटा भवन निर्माण सकिएको र फिनिसिङको काम मात्रै बाँकी रहेको उहाँको भनाइ छ ।

Health Tips Ad Road Block