काठमाडौं । बुधबार नेपाली बजारमा पुनः सुनको मूल्य बढेको छ । मूल्य तोलामा २८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेर सुन प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँमा पुगेको छ ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेर प्रतितोला ३१५० रुपैयाँमा पुगेको छ ।






















