ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एनपिएलमा आज साविक उपविजेता सुदूरपश्चिम र काठमाडौं भिड्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडों । काठमाडौंकाे त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा जारी नेपाल प्रिमियर लिग(एनपिएल) सिजन–२ मा आज साविक उपविजेता सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाजबीच प्रतिष्पर्धा हुँदैछ । उद्घाटनकाक्रममा जनकपुर बोल्टसलाई  पारजित गरेको काठमाडौं दोस्रो जितको खोजीमा आज छ भने सुदूरपश्चिम आफ्नो पहिलो जित सुनिश्चित गर्ने क्रममा देखिन्छ ।

करण केसीको नेतृत्वमा रहेको काठमाडौँमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा रहेका छन् ।

यता नेपाली राष्ट्रिय टिमका उपकप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिममा विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर) र हिम्मत महरा छन् ।

जारी एनपिएल २ मा मंसिर १ देखि ८ टिमले प्रतिष्पर्धा गरिरहेका छन् ।

Health Tips Ad Road Block