ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आज बाला चतुर्दशीः पशुपतिसहित देशभरका शिवालयमा धर्मालम्बीहरुको भिड

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन । हिन्दू धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन् । पितृउद्धारको कामना गर्दै काठमाडौंको पशुपति लगायत देशभरका शिवालयमा शतबीज छर्नेको भीड लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर बुधबार बिहान उनीहरूले छतबीज छरेका हुन् ।

आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ । शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ । आज बिहानै मृतकका आफन्तले शिवालयहरूमा शतबिज छर्ने गर्छन् ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

 

Health Tips Ad Road Block