ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

प्रतिनिधिसभा पुनर्स्थापनाको निमित नेकपा एमाले सर्वाेच्च जाने

Citizenlife ad 2082 falgun to baishak 2083

ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट लैजाने निर्णय गरेको छ ।

प्रतिनिधि सभा पुनर्स्थापनाका निमित्त सर्वोच्च अदालत जाने निर्णयमा एमाले पुगेको हो ।

पार्टी मुख्यालय च्यासलमा बसेको विघटित संसदीय दलको बैठकले संसद् विघटनविरुद्ध अदालत जाने निर्णय गरेको विघटित संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

एमालेले संसद् पुनस्र्थापनाका लागि सर्वोच्चमा मुद्दा लैजान एमालेले प्रमुख सचेतक महेश बर्तौला र सचेत सुनिता बराललाई खटाएको छ । एमालेले विघटित प्रतिनिधि सभामा क्रियाशील अन्य संसदीय दलहरूलाई पनि यसका लागि आह्वान गरेको छ ।

Health Tips Ad Road Block