काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा रु.६१ खर्ब ७ अर्ब हुने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याँकअनुसार यसमा ३६.५२ प्रतिशत योगदानसहित सबैभन्दा बढी बागमती प्रदेशको रु. २२ खर्ब ३० अर्ब हुने अनुमान गरिएको छ ।
त्यसैगरी सबैभन्दा कम हिस्सा ४.१९ प्रतिशतको योगदानसहित कर्णाली प्रदेशको करिव रु. २ खर्ब ५६ अर्ब हुने अनुमान गरिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेश पछि कुल गार्हस्थ्य उत्पादनमा बढि योगदान पुर्याउने प्रदेशहरूमा क्रमशः कोशी (१५.९० प्रतिशत), लुम्बिनी (१४.२३ प्रतिशत), मधेस (१३.१६ प्रतिशत), गण्डकी (८.९८ प्रतिशत) र सुदूरपश्चिम प्रदेश (७.०३ प्रतिशत) रहेका छन् ।






















