ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुदूरपश्चिममा होटलहरुको अकुपेन्सी दर ३६.४० प्रतिशत मात्रै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुदूरपश्चिममा होटलहरुको अकुपेन्सी दर ३६.४० प्रतिशत मात्रै रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिबिधि अध्ययन २०८१–८२ ले यस्तो तथ्याँक देखाएको हो ।

अध्ययनमा सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका पर्यटकस्तरीय होटलमध्ये नमुना छनौटमा रहेका १० वटा होटलहरुबाट तथ्याङ्क संकलन गरी विश्लेषण गरिएको थियो । समीक्षा अवधिमा नमुनाको रुपमा छनौट गरिएका १० होटलहरुको औसत अकुपेन्सी ३६.४० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा यी होटलहरुमा भारतीय पर्यटकहरु १५,३४९ जना, चिनियाँ पर्यटक १६५ जना तथा तेस्रो मुलुकबाट आएका १,४११ जना गरी जम्मा १६,९२५ जना बाह्य पर्यटकहरुले यस प्रदेशमा भ्रमण गरेको अध्ययनले देखाउँछ ।

समीक्षा अवधिमा १७३ जना पुरुष तथा ६२ महिला गरी जम्मा २३५ जनाले यस्ता होटलहरुमा रोजगारी पाएको र यस्ता होटलहरुमा भारत, चीन तथा तेस्रो मुलुकबाट आउने पर्यटकहरुको संख्यामा क्रमशः
२८ प्रतिशत, ७१ प्रतिशत र ६५ प्रतिशतले कमी आएको देखिएको छ ।

Health Tips Ad Road Block