ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एनपिएल क्रिकेटः पहिलो खेलमै यसअघिको विजेता जनकपुर बोल्ट्सले हार्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनपिएल क्रिकेट–२ को पहिलो खेलमै पहिलो सस्करणको विजेता जनकपुर बोल्ट्सले लज्जास्पद हार बेहोरेको छ । टियू क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुर ५ विकेटले पराजित भएको हो । पहिलो खेलमा काठमाडौँ गोर्खाजले विजयी सुरुवात गरेको छ ।

सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य दिएको थियो । काठमाडौंले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । काठमाडौंका लागि बेन चाल्र्सवर्थ ४६ रन बनाए भने आकाश त्रिपाठीले ३९ रन जोडे । जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललितनारायण राजवंशी, रुपेश सिंह र सञ्जय कृष्णमूर्तिले एकएक विकेट हात पारे ।

पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा छ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाए । यस्तै मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाए । लाहिरु मिलन्था सात रनमा आउट भए । काठमाडौँ गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिए भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक एक विकेट लिए ।

एनपिएलको दोस्रो दिन दुई खेल हुँदैछन् । पहिलो खेलमा पोखरा र कर्णालीले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।

Health Tips Ad Road Block