Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डेडिकेटेड तथा ट्रंकलाइनको विद्युत महसुलको सबैभन्दा बढी भएको जगदम्बाले स्टीलले तिर्यो पहिलो किस्ता

काटिएको विद्युत लाइन जोडियो, जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टील प्रा।लिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार तिरेको छ ।

पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा विच्छेद गरिएको जगदम्बाको विद्युत लाइन बुधबार साँझ जडान गरिएको छ ।

जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो । जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ ।

जगदम्बाले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो । बक्यौतालाई २८ किस्तामा विभाजन गरीे जगदम्बाले ५ करोड ७२ लाख ९ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको छ ।

Health Tips Ad Road Block