काठमाडौं । सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि २० प्रतिशत शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
काठमाडौमा सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले आईपीओ निष्काशनका लागि प्रक्रिया अघि बढाउने निर्णय पारित गरेको हो ।
मोरङ जिल्लाको कटहरी गाउँपालिकामा रहेको उद्योगले दैनिक ६०० टन सिमेन्ट उत्पादन गर्दै आएको जनाएको छ ।
त्यस्तै साधारणसभाले शेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।





















