Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

माउन्टेन इनर्जीको २१ प्रतिशतभन्दा बढी लाभांश घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २० गते बसेको संचालक समितिको १३४ औँ बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २१.०५२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैठकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तालाई वितरण गरिनेछ ।

कम्पनीले मङ्सिर २९ गतेका लागि साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले मङ्सिर १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार मङ्सिर १६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

Health Tips Ad Road Block