Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

त्रिवेणी सिन्थेटिकले पनि तिर्यो डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौताको पहिलो किस्ता, काटिएको विद्युत लाइन जोडियो

कुल ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बारा—पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इण्डस्ट्रिज प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बिहीबार तिरेको छ ।

पहिलो किस्ता तिरेपछि ४ कार्तिकमा विच्छेद गरिएको त्रिवेणी सिन्थेटिकको विद्युत लाइन बिहीबार साँझ जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।

त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।

त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता रहेको छ ।

बक्यौतालाई २८ किस्तामा विभाजन गरीे त्रिवेणी सिन्थेटिकलले १५ लाख ७१ हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।

Health Tips Ad Road Block