काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरु प्रसाद पौडेल नियुक्त भएका छन् ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) का पौडेल आजकै मितिदेखि लागु हुनेगरी प्रवक्ता नियुक्त भएका हुन् ।
वि.सं. २०५९ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभागलगायतको कार्यानुभव रहेको छ ।
हाल पौडेल मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।





















