काठमाडौं । नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा मंगलबार नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट १,००,००,००० रुपैयाँ सहयोग भएको छ । त्यसैगरी एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट २५,००,००० रुपैयाँ सहयोग भएको छ ।
अर्थ मन्त्रालयमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले छुट्टाछुट्टै चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका छन् ।
कोषमा आजको दिनमा मात्रै चेक रकमसहित जम्मा ७,५१,६०,४३९ रुपैयाँ संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।





















