Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

शक्ति समूहद्वारा सञ्चालित डाउन टु जिरो सुफासेफ परियोजनाको समीक्षा सुर्खेतमा सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

सुर्खेत । शक्ति समूहद्वारा सञ्चालित डाउन टु जिरो सुफासेफ परियोजना अन्तर्गत बोइज इनिसिएटिभको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा बृहत छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। पुरुष यौन हिंसा र पितृसत्तात्मक समाजका कारण व्याप्त रहेका समस्यामा केन्द्रित रहँदै उक्त छलफल आयोजना गरिएको हो।

बोइज इनिसिएटिभ नेपालका दुई जिल्ला काठमाडौँ र सुर्खेतमा सञ्चालित रहेको र सुर्खेत शाखाले ६ महिनाको अवधिमा सरोकारवाला बीच समस्या पहिचान विषयक छलफल, युवा बालबालिका संवाद, विद्यालय सचेतना कार्यक्रम, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघसँग अन्तरक्रिया जस्ता गतिविधिहरु गरेको शाखाका फोकल पर्सन वीरेन्द्र सोडारीले जानकारी दिए ।

परीक्षण परियोजनाको रूपमा शक्ति समूहले डाउन टु जिरो सुफासेफ परियोजना मार्फत आर्थिक सहयोग गरेको र सुर्खेत जिल्लामा विषय सम्बद्ध निकायहरूले अपनत्व लिएर सहकार्य गर्दै परियोजना कार्यान्वयनमा अग्रसरता लिन शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले अनुरोध गरिन्।

कार्यक्रममा सुर्खेत जिल्लाका महिला, बालबालिका र युवा क्षेत्रमा क्रियाशील विभिन्न संघ संगठनका करिब २४ जना उपस्थित रहेका थिए भने समूहगत कार्यमा पनि सबैको सक्रिय सहभागिता रहेको थियो ।

Health Tips Ad Road Block