काठमाडौं । सरकारले निःशुल्क प्रदान गर्ने आयुर्वेदका अत्यावश्यक औषधि २३ बाट बढाएर ३५ पुर्याइएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गरी औषधि निःशुल्क उपलब्ध हुने जनकारी दिएको बताएको हो ।
विभागले भनेको छ, ‘नेपाल सरकारबाट हाल सम्म २३ प्रकारका आयुर्वेद औषधि वितरण हुँदै आएकोमा अब देखि ३५ प्रकारका निः शुल्क अत्यावश्यक आयुर्वेद औषधि वितरण हुने भएको छ ।’
हेर्नुहोस् सरकारबाट निःशुल्क वितरण हुने ३५ प्रकारका आयुर्वेदका अत्यावश्यक औषधिहरुको सूची























