Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पहिरोका कारण वीपी राजमार्ग दुईतर्फीरुपमा अवरुद्ध, तत्काल यात्रा नगर्न प्रशासनको अनुरोध

Citizenlife ad 2082 falgun to baishak 2083

काभ्रे । पहिरो तथा लेदो खसेका कारण वीपी राजमार्ग दुईतर्फीरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सो जानकारी दिएको हो ।

एक सूचना जारी गर्दै प्रहरी कार्यालयले यो बाटो भएर यात्रा नगर्न र यात्रा गरिहाले पनि बुझेर यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । काभ्रे जिल्लाभित्र चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा कोक्सीकुना, नार्के लगायतको स्थानहरूमा पहिरो र लेदो खसी सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।

सूचनामा भनिएको छ, ‘वीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्लाभित्र चौकीडाँडा, चार सय बेसी, डालाबेसी, बिरुवा डाँडा कोक्सीकुना, नार्के लगायतको स्थानहरूमा पहिरो तथा लेदो खसी दुईतर्फी रुपमा सडक अवरोध भएको कारणले अवरोध हटाई सडक सञ्चालन गर्न समय लाग्ने भएकोले सुरक्षित यात्राको लागि सडकको अवस्था जानकारी लिएर मात्रै यात्रा गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।!

Health Tips Ad Road Block