ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

“इनड्राइभसँग यात्रा तपाईकै रोजाइमा” नामक ३६० डिग्री क्याम्पेन सुरु

स्वस्तिमा खड्का नेपालको ब्रान्ड एम्बेसडर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बेस्डरको रूपमा चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । सो घोषणासँगै कम्पनीले आफ्नो नयाँ ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” पनि सार्वजनिक गरेको छ । यो क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितामा कम्पनीको मूल विश्वासलाई प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यो क्याम्पेनले इनड्राइभको पियर–टू–पियर (एद्दए) मोडेललाई केन्द्रीय अवधारणा बनाएको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने र चालकसँग प्रत्यक्ष रूपमा मोल मोलाई गर्न सक्ने सुविधा प्राप्त गर्दछन् । यस सिस्टमले बराबरी, सम्मान र सहमतिको वातावरण सृजना गर्दै प्रत्येक यात्राको केन्द्रमा “स्वतन्त्रताको अधिकार” स्थापित गर्छ ।

क्याम्पेनको मूल उद्देश्य “रोजाइको स्वतन्त्रता” हो जसले प्रयोगकर्तालाई आफ्नो चालक रोज्ने, यात्राको भाडा आफैं निर्धारण गर्ने र एपमार्फत प्रत्यक्ष मोल मोलाई गर्ने स्वतन्त्रता दिन्छ । इनड्राइभ एपमार्फत यात्रुहरूले आफ्नै प्रस्तावित भाडा राख्न वा उपलब्ध चालकहरूको अफरहरु मध्ये गाडीको मोडेल, चालकको रेटिङ, र गाडी आउन लाग्ने समयका आधारमा छनोट गर्न सक्छन् । यसले यात्रु र चालक दुवैका लागि पारदर्शिता र नियन्त्रण सुनिश्चित गर्छ ।

स्वस्तिमा खड्का यस क्याम्पेनको ब्रान्ड एम्बासडर बनेसँगै इनड्राइभले नेपाली दर्शक, विशेषगरी स्वतन्त्रता, मौलिकता र सशक्तीकरण चाहने युवावर्गसँग आफ्नो सम्बन्ध अझ गाढा बनाउने लक्ष्य राखेको छ । क्याम्पेनको सन्देश “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” ले इनड्राइभको “पिपुल फस्र्ट” मिशनलाई बलियो बनाउँदै निष्पक्षता र स्वतन्त्रता माथि आधारित समुदाय निर्माणको भावना प्रष्ट पार्दछ ।
इनड्राइभका एशिया–प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीले भने, “हाम्रो ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” ले इनड्राइभका प्रमुख मूल्यहरू, स्वतन्त्रता, समानता, र समुदायलाई मूर्त रूप दिएको छ । नेपालमा हाम्रो ब्रान्डको प्रतिनिधित्व गर्न स्वस्तिमा खड्का जस्तो प्रभावशाली व्यक्तित्व पाउनु गर्वको विषय हो । उनको आत्मिकता, सत्यनिष्ठा र मूल्यहरु इनड्राइभको दर्शनसँग पूर्णरूपमा मेल खान्छ ।”

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्, “इनड्राइभ सधैं समुदायलाई सशक्त बनाउने र समुदायका मानिसहरुलाई वास्तविक रोजाइको स्वतन्त्रता दिने पक्षमा रहँदै आएको छ । यो क्याम्पेन र स्वस्तिमा खड्काको सहकार्यले निष्पक्ष गतिशीलता र पारदर्शिता प्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ । नेपालका प्रत्येक यात्रु र चालकहरुले उनीहरूको रोजाइ साँच्चिकै महत्त्वपूर्ण छ भनेर महसुस गरुन भन्ने हामी चाहन्छौँ ।”

त्यस्तै ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले आफ्नो उत्साह व्यक्त गर्दै भनिन्,“इनड्राइभ नेपालको क्याम्पेनमा ब्रान्ड एम्बेस्डरको रूपमा जोडिन पाउँदा म अत्यन्त उत्साहित छु । इनड्राइभ निष्पक्षता र स्वतन्त्रताको पक्षमा उभिएको प्लेटफर्म हो । यात्रु र चालकले एकअर्कासँग मिलेर उचित मूल्य निर्धारण गर्न सक्ने सिस्टम मलाई अत्यन्तै मनपर्छ । यो परस्पर सम्मान, पारदर्शिता र सशक्तीकरणको कुरा हो, जुन म आफैं पनि अत्यन्तै विश्वास गर्छु ।”

३६०ड्ढ क्याम्पेन डिजिटल, आउटडोर र अन ग्राउण्ड एक्टिभेसनहरू मार्फत देशभर लागू गरिनेछ, जसले एकीकृत संचार अनुभव प्रदान गर्नेछ । यस पहलद्वारा इनड्राइभले आफूलाई “पिपुल ड्रिभन प्लेटफर्म” को रूपमा पुनः स्थापित गर्दै निष्पक्ष मूल्य निर्धारण, रोजाइको स्वतन्त्रता र सामुदायिक सशक्तीकरणको सन्देशलाई मजबुत बनाएको छ ।

इनड्राइभ नेपालमा आफ्नो सेवा र सामुदायिक संलग्नता विस्तार गर्न प्रतिबद्ध छ, जसले आर्थिक अवसरहरू, फेयर मोबिलिटी, र सबैका लागि रोजाइको स्वतन्त्रता सुनिश्चित गर्दछ ।

Health Tips Ad Road Block