ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आजबाट धनतेरस टाटा उत्सव

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको शुभदिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी रुपमा “धनतेरस टाटा उत्सव” कार्यक्रम शुभारम्भ गरेको छ। हर्ष र उल्लासले भरिएको यस पर्वको अवसरमा सुरु गरिएको यो कार्यक्रममा ग्राहकहरूले आकर्षक अफरका साथ “सुनको असर्फी” बम्पर उपहारमा जित्ने सुनौलो मौका प्राप्त गर्न सक्नेछन् ।

टाको नेपालभरि रहेको शोरुमहरुमा आजबाट सुरु गरिएको यो कार्यक्रम कात्तिक २ गतेसम्म हुने कम्पनीले जनाएको छ। यस विशेष कार्यक्रम अन्तर्गत ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू — टाटा टियागो.ईभी, पंच.ईभी, नेक्सन के३.ईभी र कर्भ.ईभी — का साथै आईसीई मोडलहरू टियागो, पंच, नेक्सन र सफारी खरिद गर्दा उपहार तथा छुटका सुविधाहरू प्राप्त गर्न सक्नेछन्।

यस्तै यस कार्यक्रम अन्तर्गत, फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक डिस्काउन्ट, उत्कृष्ट एक्सचेन्ज मूल्य, फ्री एक्सेसरीज, व्यापक अटो–प्लस इन्स्योरेन्स, वार्षिक सवारी कर, फ्री एम्बोस्ड नम्बर प्लेट र फ्री होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधाहरू ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । यसका साथै, यस पर्वलाई थप रोमाञ्चक र अविस्मरणीय बनाउने हेतुले “सुनको असर्फी ” भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप प्राप्त गर्न सक्नेछन् ।

Health Tips Ad Road Block