ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

राष्ट्र बैंकबाट फस्ट पे टेक्नोलोजीको अनुमतिपत्र रद्द

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले फस्ट पे टेक्नोलोजी प्रालिलाई प्रदान गरेको भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र रद्द गरेको छ ।

एक सूचना जारी गरी राष्ट्र बैंकले भनेको छ, ‘ फस्ट पे टेक्नोलोजी प्रालिलाई यस बैंकबाट मिति २०७६/११/१३ मा प्रदान भएको भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा १३ (६) को व्यवस्था बमोजिम रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

राष्ट्र बैंकले उक्त संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नसमेत सरोकारवालालाई भनेको छ ।

Health Tips Ad Road Block