ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सामसङ नेपालले ल्यायाे  आकर्षक “तिहारको मुड, सबै गुड!” अफर। 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन “तिहारको मूड, सबै गुड!” घोषणा गरेको छ। यो अफरले नेपालभरका ग्राहकहरूलाई अद्भुत छुट र रोमाञ्चक लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउने कम्पनीकाे भनाइ छ।

यो अफर आश्विन २६ देखि कार्तिक ३०, २०८२ सम्म देशभरका अधिकृत सामसङ बिक्रेताहरुमा लागू हुने र यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिनमा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछ एव‌म् यसले प्रकाशको यो पर्वलाई झनै उज्यालो बनाउने कम्पनीकाे दाबी छ।

अफर विवरणहरू:

कोटि (Category) क्यासब्याक (Cashback) एक्सचेन्ज बोनस (Exchange Bonus)
टिभी (TV) ३५% सम्म रू. ५,००० सम्म
फ्रिज (Refrigerator) १९% सम्म रू. ६,००० सम्म
वाशिङ मेसिन (Washing Machine) २४% सम्म रू. ७,००० सम्म

 

साथै सामसङले आफ्ना ग्राहकहरूका लागि आकर्षक साप्ताहिक र बम्पर पुरस्कारहरू पनि उपलब्ध गराएको छ।

पुरस्कार विवरणहरू:

खरिद गरिएको उत्पादन साप्ताहिक पुरस्कार बम्पर पुरस्कार
टिभी साउन्डबार ३५ लिटर बिस्पोक एआई फ्रिज
फ्रिज २३ लिटर माइक्रोवेभ ओभन ९ केजी फ्रन्ट लोड वाशिङ मेसिन
वाशिङ मेसिन २३ लिटर माइक्रोवेभ ओभन ६५” UHD टिभी

 

लक्कीड्रमा सहभागी हुने तरिका:

ग्राहकहरूले सामसङको टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर SMS मार्फत पठाएर भाग लिन सक्नेछन्।

  • “Samsung [Serial Number]” लेखी ३५००१ मा पठाउनुहोस् (उदाहरण: Samsung XXXXXXXXXXXXXXX)।
  • पठाएपछि तुरुन्तै SMS मार्फत पुष्टि सन्देश प्राप्त हुनेछ।
  • विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा Samsung Plaza र Big Digital का फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिनेछ।

त्यसैगरी सामसङले InstaFinance सेवामार्फत ग्राहकहरूलाई ०% ब्याजदरमा सजिलो EMI विकल्प उपलब्ध गराएको छ। यसका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ। साथै, पुराना टिभी वा होम अप्लायन्सहरू ArkoStore वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत साट्दा रु. ७,००० सम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ।

 

Health Tips Ad Road Block