ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

राष्ट्र बैंकले गरिदिएन प्रभु टेक्नोलोजीको अनुमतिपत्र नविकरण

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्राइभेट लिमिटेडलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरेको जनाएको छ ।

एक सूचना जारी गर्दै राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले लिमिटेडलाई राष्ट्र बैंकबाट मिति २०७६/११/११ मा प्रदान भएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा १३ (४) को व्यवस्थाबमोजिम नवीकरण नगरिएको जनाएको छ ।

सूचनामा त्यस संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत भनेको छ ।

Health Tips Ad Road Block