ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

नेपाल समूह विजेता बन्दै विश्वकप छनोटको सुपर सिक्समा, जापान ५ विकेटले पराजीत

काठमाडौं । नेपाल समूह विजेता बन्दै आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको छ । शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले नयाँ टोली जापानमाथि ५ विकेटको सहज जित निकालेको हो । योसँगै नेपालले समूह चरणमा ४ अंक जोडेको छ । नेपालले आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले हराउँदै सुपर सिक्सको यात्रा तय गरिसकेको थियो । जापानले भने समूह चरणको पहिलो खेलमा कुवेतलाई ५ विकेटल हराएको थियो । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए । २१ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे । कुशल भुर्तेल २१ र कप्तान रोहितकुमार पौडेल १८ रनमा आउट हुँदा गुलशनकुमार झा २८ रनमा अविजित रहे ।

जापानका शोमा स्लेटरले सर्वाधिक २ विकेट लिए पनि हार टार्न सकेनन् । त्यसअघि पहिला ब्याटिङ थालेको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३१ रन बनाएको थियो । जापानका कप्तान केन्देल कादोवाकीले सर्वाधिक ६० रन बनाए । ४६ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । ईसम रहमान ३१ र इटो डेभिस १७ रनमा आउट भए । जापानका अन्य ब्याटर भने चल्न सकेनन् । नेपालका सन्दीप लामिछाने र गुलशनकुमार झाले समान २ विकेट लिए ।

Health Tips Ad Road Block