काठमाडौं । यो हप्ताको सुरुदेखि नै दैनिकरुपमा नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यमा आज साताको कारोबारको अन्तिम दिन शुक्रबार भने ४२०० रुपैयाँको गिरावट आएको छ । बजारमा असोज २३ गते बिहीबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा आज उच्च गिरावट आएको हो ।
बिहीबार २ लाख ३९ हजार २ सय रुपैयाँ प्रतितोलामा पुगेको सुनको मूल्य आज २ लाख ३५ हजार रुपैयाँमा झरेको छ ।
आज असोज २४ गते शुक्रबार चाँदीको मूल्य भने नयाँ उचाइमा पुगेको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला ३०८५ रुपैयाँ पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






















