ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

अझै पाँच राजमार्ग अवरुद्ध

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बाढी र पहिरोबाट क्षतिग्रस्त देशका विभिन्न पाँच राजमार्ग अझै पनि अवरुद्ध रहेका छन् ।

नेपाल प्रहरीले आज बिहानसम्मको तथ्याँक दिँदै ती राजमार्ग अवरुद्ध रहेको जनाएको हो ।

१.जि.रसुवा:बाढीले  नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षति भएको ।

मिति २०८२।०३।२४ गते अं.०३:०० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.-२  स्थित रसुवागढीमा  बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवत-जावत बन्द भएको ।

    • मिति २०८२।०६।१६ गते अ.०७:०० बजेको समयमा जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं २ तातोपानी स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो सहित ढुङगा झरी बाटो पूर्ण रुपमा अवरोध भएको ।

मिति २०८२।०६।२२ गते अ.०७:०० बजेको समयमा जिल्ला रसुवा गोसाईकुण्ड गा.पा. वडा नं ३ फ्याङलुङ स्थित पासाङ ल्हामु सडक खण्डमा भोटेकोशी खोलाले अं.३५/४० मिटर सडक कटान गरी पुर्ण रूपमा अवरोध भएको ।

२. जि.संखुवासभा भोटखोला गा.पा.४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध ।

मिति २०८२।०२।०६ गते १२:०० बजेको समयमा जि. संखुवासभा भोटखोला गा.पा.४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको । बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।

३.जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध भएको ।

मिति २०८२।०५।१५ गते ००:०० बजे जिल्ला संखुवासभा मकालु गा.पा.३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको।

४.बि.पि. राजमार्ग माथिबाट ढुंगा खसी बाटो दुबै तर्फ अबरुद्ध भएको

मिति २०८२/०६।१८ गते अ. ११:०० बजेको समयमा जिल्ला काभ्रे रोशी गा.पा. ११ माम्तीखोला, ऐ.डालावेशी ऐ.बुलढुंगा  लगायत बि.पि. राजमार्ग सडक खण्डमा  सडक  माथिबाट ढुंगा खसी बाटो दुबै तर्फी अबरुद्ध भएको ।

५. जि. पाँचथर तमोर करिडोर  पुर्ण रूपमा अवरोध भएको ।

मिति २०८२।०६।१८ गते पाँचथर तुम्वेवा गा.पा.२ नावाखोला स्थित तमोर करिडोर सडक खण्डमा पहिरो झरी पुर्ण रुपमा बाटो अवरोध भएको ।

Health Tips Ad Road Block