ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

विराटनगर किंग्सद्वारा ‘Dream to Play’ क्रिकेट प्रतियोगिता घोषणा, उदयीमान खेलाडीका लागि नयाँ प्लेटफर्म

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ  । विराटनगर किंग्सले कोशी प्रदेश क्रिकेट संघको सहकार्यमा उदयीमान खेलाडीहरूको प्रतिभा प्रदर्शनका लागि “Dream to Play Tournament” क्रिकेट प्रतियोगिताको घोषणा गरेको छ। कोशी प्रदेशका पाँच जिल्लाहरू झापा, मोरंग, सुनसरी, उदयपुर र इलामका अण्डर–२३ टोलीहरू सहभागी हुने यस प्रतियोगिता टि–ट्वेन्टी फर्म्याटमा खेलाइनेछ। प्रतियोगिता असोज २५ देखि ३० गतेसम्म झापास्थित मेची बहुमुखी क्याम्पसको खेलमैदानमा आयोजना हुनेछ। प्रतियोगितामा प्रत्येक दिन दुईवटा खेल हुने आयोजकले जानकारी दिएको छ।

विराटनगर किंग्सका निर्देशक दिपेन्द्र चौधरीका अनुसार यस प्रतियोगिताको उद्देश्य युवा खेलाडीहरूलाई आफ्नो क्रिकेट प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु र व्यावसायिक खेल जीवनतर्फको यात्रा प्रारम्भ गर्न मञ्च तयार गर्नु हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विराटनगर किंग्सको डेभलपमेन्ट स्क्वाडमा चयन गरिनेछ।

चौधरीका अनुसार डेभलपमेन्ट स्क्वाडमा चयनित खेलाडीहरूले किंग्स टिमसँगै अभ्यास, कौशल विकास तथा व्यावसायिक प्रशिक्षण का अवसर प्राप्त गर्ने छन्। साथै तीमध्ये एक उत्कृष्ट खेलाडीले आगामी नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सको मुख्य स्क्वाडमा खेल्ने विशेष अवसर पाउनेछन्।

नेपालको राष्ट्रिय टिमले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदका प्रतियोगिताहरूमा हासिल गरेको सफलतासँगै देशभर क्रिकेटप्रतिको आकर्षण तीव्र रूपमा बढ्दै गएको छ।

विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिगहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका राष्ट्रिय खेलाडी सन्दिप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्सले सधैं युवा प्रतिभाको विकास र खेल भावनाको प्रवर्द्धनमा अग्रसर रहने प्रतिबद्धता जनाएको छ।

विराटनगर किंग्सको बारेमा:

विराटनगर किंग्स नेपाल प्रिमियर लिगमा नेपालको कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रान्चाइज हो। विराटनगर किंग्सको लक्ष्य स्थानीय प्रतिभा प्रदर्शन गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र प्रशंसकहरू र कम्युनिटीसँग संलग्न हुनु हो, जसले कोशी प्रदेशको गौरव बढाउने लक्ष्य राखेको छ।

 

Health Tips Ad Road Block