ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

विपद्बाट विद्युतीय संरचनामा क्षतिपुग्न नदिन उच्च सतर्कता, विद्युत् सेवा चालू गराउन टोली तयारी अवस्थामा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी,पहिरो, डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी लाइन तत्कालै चालू गराउन कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ ।

सबस्टेसन प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विपद्का कारण मुख्य रुपमा ग्रिड सबस्टेसन, विद्युत उत्पादनगृह र वितरण सबस्टेसन एवम् लाइनमा पुग्न सक्ने सम्भावित क्षतिलाई आँकलन गरी पूर्वतयारी गरिएको बताए ।

विद्युतगृहको बाँधस्थलमा रहेका गेट सञ्चालनका लागि एक सिफ्टमा ३/३ जना कर्मचारी खटिन गरेकोमा विपद्लाई ध्यान दिएर ६/६ जना जना रहने व्यवस्था गरिएको, सबस्टेसन डुवानमा परेमा पानी फाल्न पम्पहरु तयारी अवस्थामा राखिएको, पहिरोको खतरा भएका ठाउँमा रहेका प्रसारण लाइनका टावर परपरको क्षेत्रमा त्रिपालले ढाकिएको, विद्युतीय संरचनामा क्षति पुगेमा तुरुन्तै सम्बन्धित वितरण केन्द्र, नो लाइट वा हेल्पडेक्स एवम् हटलाइन नम्बर ११५०मा जानकारी दिन सकिने र जानकारी पाउनसाथ लाइन मर्मतका लागि टोली परिचालन हुने व्यवस्था गरिएको कार्यकारी निर्देशक सिलवालले उल्लेख गरे ।

Health Tips Ad Road Block