ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

काठमाडौं जोड्ने मकवानपुरतर्फका दुई राजमार्ग रातिको समयमा २० गते सम्मका लागि बन्द

बीपी राजमार्गमा पनि २१ गतेसम्मका लागि रोक

Citizenlife ad 2082 falgun to baishak 2083

मकवानपुर । संघीय राजधानी काठमाडौँ जोड्ने ऐतिहासिक त्रिभूवन राजपथ र छोटो दूरीको कान्तिलोकपथमा रात्रीकालीन सवारी आवागमनमा प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले एक सूचना जारी गरी असोज १७ गते आजदेखि २० गतेसम्मका लागि दुवै सडकमा रात्रीकालीन सवारी आवागमनमा रोक लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जारी गरेको सूचनामा कान्तिलोकप हुँदै काठमाडौँ पुग्ने सडकमा बेलुका ४ बजेदेखि बिहान ६ बजेसम्म र त्रिभूवन राजपथ अन्तर्गतको भैंसे–काठमाडौँ खण्डमा बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्मका लागि सवारी आवागनम बन्द गरिएको उल्लेख छ ।

बीपी राजमार्गमा पनि २१ गतेसम्मका लागि रोक

यसैगरी बीपी राजमार्गमा पनि २१ गतेसम्म राति गाडी चलाउन रोक लगाइएको छ । स्थानीय प्रशासनले असोज १६ गतेदेखि २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रुबाहक सवारीसाधन सन्चालनमा रोक लगाएको हो ।

मनसुन सक्रिय हुन लागेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सेवाका बाहेक सबै सवारी साधन रातिको बेला नचलाउने निर्णय भएको हो ।

Health Tips Ad Road Block