ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एससीटीले ल्यायो स्मार्ट सेलिब्रेशन वीथ एसीटीड्ड बिगमार्टमा स्मार्ट क्युअरबाट भुक्तानी गर्दा १०% छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्र प्राप्त संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र नेपालमा १२०+ शाखा रहेको ग्राहकहरूमा लोकप्रिय सुपरमार्केट बिगमार्ट प्रा. लि.ले यसपाली दशैंको उपलक्ष्यमा स्मार्ट क्युआरबाट भुक्तानी गर्ने ग्राहकहरूलाई १०% छुट दिने भएको छ ।

यहिअसोज १३ (फूलपाती) देखि सुरु हुने यस अफर असोज १६ (विजयादशमी) सम्म लागु हुनेछ । अफरअन्तर्गत ग्राहकहरूले स्मार्ट क्युआरबाट भुक्तानी गर्दा एकचोटीको बिलमा अधिकतम रु १०० हुने गरी १०% को छुट पाउनेछन् र प्रत्येक ग्राहकले अधिकतम रु ५०० सम्मको छुट पाउनेछन् । बिगमार्टको सम्पूर्ण शाखामा स्मार्ट क्यूआरमा आबद्ध भएका इ वालेट तथा बैंकका मोबाइल बैंकिङ एप्लिकेशन प्रयोगकर्ताहरू जस्तै एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, एनएमबि बैंक, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, खल्ती, आइएमई पे, नमस्ते पे, प्रभु पे, मोरु, माइ पे, साथै विभिन्न सहकारीका एपमार्फत भुक्तानी गर्न सकिन्छ ।

क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड इ.एम.भि. स्टान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्टान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्यूआर नेपालको पहिलो इन्टरअपरेवल क्यूआर कोड हो । स्मार्ट क्युआरले विभिन्न बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ एप्स तथा डिजिटल वालेटमार्फत सहज र सुरक्षित भुक्तानी सुनिश्चित गर्दछ । स्मार्ट क्युआरको यो प्रविधिले नगदरहित अर्थतन्त्र निर्माण गर्ने दिशामा महत्वपूर्ण योगदान पु¥याइरहेको छ ।

Health Tips Ad Road Block