ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

दशैंको अवसरमा मनकामना केबलकार सेवा अस्थायी रूपमा बन्द हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दशैंको अवसरमा मनकामना केबलकार सेवा अस्थायी रूपमा बन्द हुने भएको छ । केबलकारले भनेको छ, ‘मनकामना केबलकार प्रालि आफ्ना सम्मानित सेवाग्राहीहरूलाई जानकारी गराउन चाहन्छ कि यस वर्षको महानवमी (असोज १५ गते, अक्टोबर १), विजया दशमी (असोज १६ गते, अक्टोबर २) तथा एकादशी (असोज १७ गते, अक्टोबर ३) का अवसरमा केबलकार सेवा सञ्चालन नहुनेछ। यस अवधिमा सेवाग्राहीहरूलाई असुविधा हुन सक्ने भएकाले कम्पनी यसप्रति क्षमाप्रार्थी रहन्छ।’

नियमित सेवा असोज १८ गते (अक्टोबर ४), शनिबारदेखि पुनः सुचारु हुने कम्पनीले जनाएको छ । कम्पनीले यात्रुहरूलाई अझ सहज, सुरक्षित र व्यवस्थित सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

विजयादशमी तथा बडा दशैंको अवसरमा मनकामना केबलकार परिवारले सम्पूर्ण सेवाग्राही, व्यवसायिक साझेदार र शुभेच्छुकहरूलाई शुभकामना व्यक्त गरेको छ ।

Health Tips Ad Road Block