ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

एसिया कपको उपाधि जितेपनि उपाधि नलिइ मैदान छाड्यो भारत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एकदमै रोमाञ्चक खेलमा पाकिस्तानलाई हराएर भारतले पुनः एसिया कपको उपाधि जितेको छ । यो भारतको नवौं एसिया कप उपाधि हो । तर फाइनलको ट्रफी हस्तान्तरण समारोहमा ठूलो विवाद उत्पन्न भयो । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन भारतीय टोलीले अस्वीकार गरेपछि माहोल बिग्रिएको हो । सोहीकारण भारतले उपाधि जिते पनि ट्रफी नलिई मैदानबाट बाहिरियो ।

एसिया कप सुरु हुनु अघि नै भारत–पाकिस्तानबीच खेललाई लिएर विवाद बढेको थियो । भारतले पाकिस्तानविरुद्ध खेल्नै नचाहेको भनाइसमेत बाहिरिएको थियो । तर अन्ततः दुवै टिम प्रतियोगितामा तीन पटक आमनेसामने भए र तीनै खेलमा सूर्यकुमार यादव नेतृत्वको भारतीय टोलीले जित निकाल्यो । फाइनलपछि पुरस्कार वितरण ढिला हुनुको मुख्य कारण यही विवाद थियो । भारतले नकवीको हातबाट ट्रफी लिन नमानेपछि पाकिस्तानका खेलाडीहरू पनि केही समय मैदान छाडेर ड्रेसिङ रुमतर्फ फर्केका थिए ।

केहीबेरमा उनीहरू फर्किए पनि नकवीले कुनै पुरस्कार खेलाडीलाई हस्तान्तरण गरेनन् । त्यसको जिम्मेवारी बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का अध्यक्ष अमिनुल इस्लाम बुलबुले सम्हाले । नकवी भने स्टेजमा उपस्थित मात्र रहे । अन्ततः व्यक्तिगत पुरस्कारहरू प्रदान गरिए पनि एसिया कपको मुख्य ट्रफी भारतीय टोलीको हातमा पुगेन । ट्रफी नलिई नै भारतका खेलाडीहरूले मैदान छाडेका थिए ।

Health Tips Ad Road Block