ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

जेनजी आन्दोलनकाक्रममा सुदूरपश्चिमका ३ नगरपालिकामा २५ करोडभन्दा बढीको क्षति, तोडफोड र आगजनीको मुख्यमन्त्रीद्धारा निरीक्षण

Citizenlife ad 2082 falgun to baishak 2083

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका कैलालीका गोदावरी, गौरिगंगा र घोडाघोडी नगरपालिकामा पुगेर भौतिक संरचनाहरूको अनुगमन तथा निरिक्षण गर्नुभएको छ । आन्दोलनका क्रममा यस अघि प्रदेश स्थितका तोडफोड र आगजनीबाट ध्वस्त भएका २९ वटा कार्यालयहरुको भौतिक संरचनाहरुको अनुगमन तथा निरिक्षण गरेका मुख्यमन्त्री शाहले तीनवटा नगरपालिकामा अनुगमन तथा निरिक्षण गरेका हुन् । आन्दोलनबाट गोदावरी नगरपालिकामा ९ करोड ५४ लाख २६ हजार ५ रुपैंया, गौरिगंगा नगरपालिकामा ७ करोड १२ लाख २३ हजार ५ सय रुपैंया र घोडाघोडी नगरपालिकामा ८ करोड ५० लाख २५ हजार ७ सय २९ रुपैंया क्षति भएको छ ।

अनुगमन तथा निरिक्षणका क्रममा मुख्यमन्त्री शाहले आन्दोलनबाट भौतिक संरचनामा भएको क्षतिबाट नआत्तिएर सबै एकजुट भई अगाडि बढ्नु पर्ने बताए । “विषम परिस्थितिमा पनि जनतालाई हामीले सेवा प्रवाह गर्नु पर्दछ,” मुख्यमन्त्री शाहले भने, “पालिकाहरुले सेवा प्रवाह गरिरहनुभएको छ, धन्यवाद ।” भौतिक संरचना निर्माण तथा प्रदेशलाई मितव्ययी बनाउन सुदूरपश्चिम प्रदेश सरकारले दश लाखभन्दा साना आयोजना कटौती तथा बैठक भत्ता, विभिन्न किसिमका छपाई र सेमिनार गोष्ठिमा खर्च कटौती गरेको बताए । सुदूरपश्चिम सरकारले अन्य प्रदेश भन्दा अगाडि खर्च कटौती गरेको उनले बताए ।

यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले लम्कीचुहा–७ हरैयापुरमा अण्डा उत्पादन गरिरहेको एक पोल्ट्री फर्ममा अनुगमन तथा निरीक्षण गरेका छन् । विद्युत आपूर्ति कम हुँदा गय राति उक्त पोल्ट्री फर्मका १२ हजार कुखुरा मरेका र जसबाट करौडको क्षती भएको पीडित दुर्गा वोहराले बताएका छन । मुख्यमन्त्री शाहका साथमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा अनुगमन तथा निरक्षणमा सहभागी थिए ।

विधुत आपूर्तिले सो पोल्ट्री फर्मका कुखुरा मरेको गुनासो आएपछि मुख्यमन्त्री शाहले विधुत आपूर्ति प्रभावकारी बनाउन नेपाल विधुत प्राधिकरण टीकापुर शाखाका प्रमुख र कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई सो विषयमा आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् ।

Health Tips Ad Road Block