Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुदूरपश्चिममा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन 

Citizenlife ad 2082 falgun to baishak 2083

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गर्न प्रदेश स्थित सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्कीको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्रि शाहले दशैं, तिहार र छठ जस्ता चाडपर्वको समयमा आपराधिक क्रियाकलाप बढ्नसक्ने भएकोले शान्ति सुरक्षा तयारीमा लाग्न निर्देशन दिएका हुन् ।

उनले समाजमा हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरु नियन्त्रण र सडक दुर्घटना न्यूनिकरण गरी आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउनु सरकाको दायित्व भएकोले त्यसतर्फ सहज रहन सुरक्षा निकायलाई निर्देशनएका हुन् । प्रदेश सुरक्षा समितिको बैठकमा पछिल्लो समय देशभरी सञ्चालन भएका विभिन्न घटनाहरुले सुदूरपश्चिम प्रदेशको शान्ति सुरक्षामा पारेको प्रभाव र बिद्यमान अवस्थाका बारेमा छलफल भएको थियो ।

छलफलमा भाद्र २३ र २४ गतेको घटना पश्चातको परिस्थितिलाई सामान्यीकरण गरी नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिन नेपाल प्रहरी र मातहतका कार्यालयहरू तथा अन्य सरकारी कार्यालयबाट नागरिक समाज, पेशागत समूहहरुसँग नागरिक सम्वाद र सद्भाव प्रबर्द्धनका कार्यक्रमहरू सञ्चालन गर्न, नेपालीहरुको महान चाडपर्व विजयादशमी, दिपावली र छठको अवसरमा बजारमा खाद्यान्नको सहज आपुर्ति, कालोवजारीको नियन्त्रण र सो अवधिमा हुन सक्ने चोरी डकैती, लुटपाटका घटनाहरुलाई नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सम्बन्धित सरोकारवालाहरुको समन्वयमा सुरक्षा निकायहरुले प्रभावकारी ढंगले सुरक्षा योजना बनाई लागु गर्न, चाडपर्वको अवसरमा बजारमा हुन सक्ने अस्वभाविक गतिविधिहरु (जस्तै: मूल्यवृद्धि, अखाद्य वस्तुको मिसावट, म्याद नाघेका खाद्यवस्तुको विक्री) नियमन गर्न सम्बन्धित निकायहरुले अनुगमन तथा मूल्याकंन प्रभावकारी बनाउन र सुदुरपश्चिमबाट भारत जाने मुख्य नाकाहरुमा चाडपर्वको बखत हुन सक्ने लुटपाटका घटनाहरु तथा भारत जाने र आउने नागरीकहरुलाई पर्न जाने सास्तीलाई सहज बनाउन एवं नाकामा हुने अन्य अपराधिक गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरुले आवश्यक सहकार्य गर्ने र सुरक्षा निकायहरूले यात्रु मैत्री एकीकृत जाँचको व्यवस्था मिलाउन सम्बन्धित निकायहरूलाई सम्वन्धित निकायहरुलाई मुख्यमन्त्रि शाहले निर्देशन दिएका छन् ।

Health Tips Ad Road Block