धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षता बसेको विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरु सम्मिलित बैठक सम्पन्न भएको छ। बुधबार मुख्यमन्त्री निवास बसेको बैठकमा मुख्यमन्त्री शाहले विषयगत मन्त्रालयको प्रगति र जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको समीक्षा गर्दै छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न र खर्च कटौतीका सन्दर्भमा विषयगत मन्त्रालयको विवरणहरू भोलिसम्म तयार गर्न सम्बन्धित मन्त्रालयका सचिवहरुलाइ निर्देशन दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा भएका भौतिक क्षतिपश्चात केही कार्यालयहरूले मर्मत गरि कार्यालयबाट सेवा प्रवाह गरिरहेका छन् भने केही कार्यालयहरू अझै पनि संचालनमा आउन सकेका छैनन् ।






















