skip this News Page Tips Ad Road Block

तुइनखोलाको पहिरोले नारायणगढ मुग्लिन सडकमा समस्या, सडक मजदुरले सिलवाल र पौडेललाई फोन गरेर सहयोग लिनसक्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नारायणगढ मुग्लिन सडकको तुइनखोलामा निरन्तर सुख्खा पहिरो गइरहेकाले यात्रु लगायत धेरैलाई चाडबाडको मुखमा समस्या परेको छ । पहिरोका कारण घर जान यात्रामा रहेका यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । यता आज बिहानैदेखि पहिरो हटाउने कार्य सुरु भएको छ ।

यो समयमा अतिआवश्यक साना सवारी साधनहरूले वैकल्पिक बाटो प्रयोग गर्दा राम्रो हुने ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी र मजदुरहरुको भनाइ छ ।

यसैबीच यातायात मजदुरहरूलाई त्यस स्थानमा कुनै अप्ठ्यारो वा खाना खान नपाएर समस्या भएमा सहयोग लिनका दिपक शिलवाल(९८४५०२४४३३) र राजु पौडेल (९८५५०५१३६३,९८५५०६११५२) मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

फोटोः केशव थापाको फेसबुकबाट

Health Tips Ad Road Block