काठमाडौं । हिजो मंगलबार भदौ ३१ गते २ लाख १७ हजार १ सय रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम भएको सुनको मूल्य आज असोज १ गते घटेको छ ।
मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ ।
बजारमा सुन प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला २५५० रुपैयाँ रहेको छ । मंगलबार २५९५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।






















