काठमाडौं । आज भदौ २४ गते मंगलबार फेरि नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा रहेको छ । यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्य २५१५ रुपैयाँमा कारोबार भएर नयाँ रेकर्डको विन्दुमा पुगेको छ ।






















