Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायणमा “हामी उभिएको धरातल”गीतको रिमिक्स म्युजिक भिडियोको शुभ मूहुर्त

Citizenlife ad 2082 falgun to baishak 2083

भक्तपुर । विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर प्राङ्गणमा “‘हामी उभिएको धरातल” बोलको गीतको छायाँकनको शुभमुहुर्त गरिएको छ । एक दशकअघिनै चर्चामा रहेको सो गीतको रिमिक्स म्युजिक भिडियो निर्माण गर्न लागिएको हो । ग्रेटर नेपाल नामक संस्थाले रिमिक्स गरि अहिलेको परिवेश अनुसार सम्पदादेखि शहरसम्मको दृश्यलाई कैद गर्दै नयाँ स्वरुपमा छायांकन गरि म्युजिक भिडियो निर्माणको सुरु गरेको हो । सो म्युजिक भिडियोको नरिवल फुटाएर शुभ मुहुर्त गर्दै प्रतिनिधिसभाका सांसद एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दूर्लभ थापाले सम्पदादेखि वातावरणको संरक्षण गर्ने सन्देश बोकेको गीतलाई अन्तराष्ट्रिय स्तरको भिडियो निर्माण गरी सबैमा शन्देश फैलाउने उदेश्य रहेको बताए ।

देशमा केही भएको छैन भन्नेहरुले यो गीतको पुरानो दृश्य र अब बन्ने दृश्य हेरे पुग्ने बताउदै सांसद थापाले देशमा लोकतन्त्र आएपछि शिक्षा, स्वास्थ्य सञ्चार लगायतका क्षेत्रमा आमुल परिवर्तन आएको बताए । सामाजिक र राजनीतिक क्षेत्रको कालजायी गीतले देशलाई युवा पुस्ताले माया गर्ने सन्देश प्रवाह गर्दै सम्पदादेखि वातावरण संरक्षणसम्म, सडकदेखि संरचनासम्म भएको विकासलाई सन्देशपूर्ण रुपमा लैजाने थापाको भनाई थियो ।

अमेरिका पत्ता लाग्नु अगाडि नै नेपालमा धेरै मठ मन्दिर र सम्पदाहरु रहेको तथ्य सार्वजनिकगर्दै सांसद थापाले नेपालमै प्रयाप्त अवसर हुंदाहुंदै यहाँ केही भएन भन्दै अमेरिकादेखि अष्ट्रेलियासम्म पढ्ने बाहनामा जाने नेपाली युवा पुस्तामा दास मनोबृत्ति रहेको आरोप लगाए । युवा विदेशीने प्रवृतिको अन्त्य गर्दै नेपालमै डाक्टर, इन्जिनियरलगायत सबै विषय पढ्न पाइन्छ, नेपालमै बस्नु पर्छ भन्ने सन्देश फैलाउन पनि यो म्युजिक भिडियो सहयोगी सिद्ध हुने थापाको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधनगर्दै चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले ऐतिहासिक चाागुनारायण मन्दीरसम्पदालाई नगरकोट भ्रमण वर्षको अवसरमा विश्वभर प्रचारमा लाग्न म्युजिक भिडियो सहयोगी शिद्ध हुने विश्वास व्यक्त गरे । स्थानीयवासी, जनप्रतिनिधि सबै नागरिक मिलेर चाँगुनारायणको विकास, सम्बृद्धि र पर्यटकको आगमन बढाउन लाग्नु पर्ने बताउँदै नगर प्रमुख खत्रीले यहाँको धार्मिक, साँस्कृतिक, प्राकृतिक गन्तव्यलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याएर पर्यटकलाई आकर्षित गर्न सक्नुपर्ने बताए ।

नेपाल आउने पर्यटक एक पटक मात्रै भएपनि चाँगुनारायण आएर दर्शन गर्ने, अवलोकन गर्ने अवस्थाको सृजना गराउन नगरपालिका लागिरहेको बताउदै प्रखुख खत्रीले नगरकोट भ्रमण वर्षमा परिवारसहित भ्रमणमा आउँन कलाकार, पत्रकार, राजनीतिज्ञ, पर्यटक सबैमा आव्हान गरे ।

कार्यक्रममा वागमती प्रदेका पूर्व भौतिक पुर्वाधार मन्त्री एवं काँग्रेस नेता कृष्णलाल भँडेल र चाँगुनारायण मन्दिरका पुजारी चक्रधरानन्द राजोपाध्यायले मन्दिरको उत्पत्तिदेखीको ऐतिहासिक पक्षबारे चर्चा गरेका थिए । त्यसैगरी चाँगुनारायण नगरपालिकाको पर्यटन शाखाका प्रमुख एवं नगरकोट भ्रमण वर्षका सचिवालयका संयोजक गोकूल कार्कीले नगरकोट भ्रमण वर्षको महत्वमाथि चर्चा गरेका थिए ।

म्युजिक भिडियोको निर्देशकमा सञ्चारकर्मी सुचित्रा श्रेष्ठ रहेकी छिन् । शुभमूर्हुत कार्यक्रममा संगीतकार सुनिल उप्रेती, गायक प्रवेशमान शाक्य, प्राश्ना शाक्य, भीम तुलाधार, रबिन महर्जन, कलाकार रश्मि भट्टलगायतका चर्चित कलाकारको सहभागिताको रहेको थियो । कार्यक्रममा भिडियो निर्माणका लागि भक्तपुरका चाँगुनारायण, मध्यपुरथिमि नगरपालिका तथा काठमाडौंका कागेश्वरी मनोहरा, दक्षिणकालीलगायका उपत्यकाका ६ वटा नगरपालिकाको सहयोग रहने जानकारी सिदइएको थियो ।

करिब १० वर्ष अगाडि सुनिल उप्रेतीको संगीत, निरामिषको शब्द, संजय श्रेष्ठ, रत्न सुवेदी, उमा गुरुङ्ग, सन्नी रौनियार, प्रविण मानन्धर, राजकुमार जोशीलगायतको स्वर र रोशनप्रताप राणाको निर्देशनमा कोरस नृत्य रहेको यस गीतको म्युजिक भिडियो चर्चामा आएको थियो ।

Health Tips Ad Road Block