Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुलाई बुटवल हस्पिटलमा १५% सम्म छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गर्नेछ्न् । एनएमबि बैंक र बुटवलस्थित बुटवल हस्पिटल प्रालिबीच सम्पन्नभएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागीएको हो ।

सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी÷परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमाविशेष छुट पाउनेछ्न । हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि/इसिजि/इको/एक्सरे, फिजियोथ्रापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी/परिवारर ग्राहकले ५% देखि १५% सम्म छुट पाउनेछन् ।

सम्झौताले बैंक कर्मचारी÷परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।
छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्नेछ ।

एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

 

Health Tips Ad Road Block