काठमाडौं । सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री कमलबहादुर शाहज्यू नेतृत्वको टिम र गोल्यान ग्रुपका चेयरम्यान पवनकुमार गोल्यान बीच छलफल भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसिर १ र २ गते आयोजना गर्न लागेको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन-२०८२ का सन्दर्भमा छलफल भएको हो। छलफलमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार लगानीकर्ताहरूलाई स्वागत गर्न आतुर रहेको बताएका छन्। उनले सुदूरपश्चिममा प्रबल सम्भावनाहरू रहेकाले निजी लगानीकर्ताहरूले लगानी गर्दा लगानी खेर नजाने गरी वातावरण निर्माण प्रदेश सरकारले गर्ने बताए।
छलफलमा गोल्यान ग्रुपका चेयरम्यान पवन गोल्यानले सुदूरपश्चिममा कृषि र पर्यटनको सम्भावना रहेकोले सो बमोजिमको नीति निर्माण गर्न उनले आग्रह गरेका छन्।
उनलाई प्रदेश सरकारले जग्गा उपलब्ध गराए आफूहरूको सो क्षेत्रमा कृषि व्यवसाय गर्ने योजना रहेको बताएका छन् । स्थानीय तहका युवाहरूलाई परिचालन गरी कृषिमा उत्पादन बढाउन सकिने र सोको लागि वातावरण मिलाउन प्रदेश सरकारसँग उनले आग्रह गरे। स्थानीय युवा परिचालन गर्दा कृषि उत्पादनलाई बढाउँदा अर्बौँ रुपैयाँको श्रोत बन्ने उनको भनाइ थियो ।
सामुदायिक वनमा विभिन्न किसिमका जडीबुटीहरू उत्पादन गर्न सकिने भएपनि सामुदायिक वनको कार्यसमिति २ वर्षीय कार्यकाल हुने र जसले गर्दाखेरि पटकपटक समस्या हुने गरेको उनले बताए।





















